मुक्तिनाथबाट फर्केको सैनिक हेलिकोप्टर शीतल निवास अगाडि ल्याण्ड

मुक्तिनाथबाट फर्केको सैनिक हेलिकोप्टर शीतल निवास अगाडि ल्याण्ड

नेपाली सेनाको एउटा हेलिकोप्टर मुक्तिनाथ पुगेर फर्किएको छ । एनए ०५४ एएलएच कल साइन भएको उक्त हेलिकोप्टर बिहान ७ बजे काठमाडौंबाट मुक्तिनाथतर्फ प्रस्थान गरेको थियो । 

काठमाडौंमा भइरहेको राष्ट्रसंघीय मिसनसम्बन्धी कार्यक्रममा सहभागी संयुक्त राष्ट्र संघीय उपमहासचिव अतुल खेरसहित पाँच सदस्यीय टोली सोही हेलिकप्टरमा मुक्तिनाथ दर्शन गरेर फर्केको बताइएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी टोलीमा सामेल थिए । 

मुक्तिनाथबाट दिउँसो १ बजे काठमाडौं आइपुगेको हेलिकोप्टरलाई शीतल निवास अगाडि युध्द भैरव गणको हेलिप्याडमा अवतरण गराइएको हो ।

हिन्दू मूलका खेर रक्षा मन्त्रालयको आयोजना र नेपाली सेनाको समन्वयमा हिजोदेखि भइरहेको अन्तर्राष्ट्रिय संगोष्ठीमा सहभागी छन् । कार्यक्रममा ५१ मुलुकका प्रतिनिधिको सहभागिता रहेको छ ।

टिप्पणीहरू