असार नलाग्दै पहिरो शुरु

असार नलाग्दै पहिरो शुरु

अस्ति दिउँसोसम्म चर्को खडेरी देखिएको मुलुकका केही भागमा अस्ति रातिदेखि हल्का वर्षा शुरु भएको छ । हिजो दिउँसो र राति वाग्मती, गण्डकी, कोशी र मधेश प्रदेशका केही भागमा वर्षा भएको छ ।

राजधानी काठमाडौंमा हिजो र अस्ति पानी परेपछि गर्मी केही घटेको छ । सामान्य वर्षापछि राजमार्गमा पहिरो जान थालेको छ । हेटौंडा–काठमाडौं कान्ति लोकपथमा पहिरो गएको छ । 

सुमन तिमिल्सिनाले सामाजिक सञ्जालमा काल्चे भन्ने स्थानमा गएको पहिरोको फोटो पोष्ट गरेर यात्रा गर्नुअघि सजगता अपनाउन अनुरोध गरेका छन् । पहिरोपछि यात्रुवाहक जिपमा ठूलो ढुंगा खसेको हो ।

टिप्पणीहरू