सभामुख रिबन काट्ने, महानगरपालिका च्यात्ने

सभामुख रिबन काट्ने, महानगरपालिका च्यात्ने

आजदेखि शुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । प्रक्रिया पूरा नगरी अनाधिकृत ढंगले मेला आयोजना गरेको आरोप लगाउँदै महानगरले रोक लगाएको बताइएको छ ।

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुरु भएको थियो । प्रदर्शनी उद्घाट बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो । 

तर, दिउँसो त्यहाँ पुगेका महानगरका प्रहरीले मेला सञ्चालनमा रोक लगाएका हुन् । मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको महानगरको भनाइ छ । यसकारण हस्तक्षेप गरी मेला रोक्नुपरेको महानगरका अधिकारीहरुले बताएका छन् । 

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।

टिप्पणीहरू