ताप्लेजुङमा रिटायर्ड कर्मचारीहरुको नयाँ नेतृत्व

ताप्लेजुङमा रिटायर्ड कर्मचारीहरुको नयाँ नेतृत्व

सेवा निवृत्त राष्ट्रसेवक समाज ताप्लेजुङको तेस्रो जिल्ला परिषद्ले मोहनकुमार राईको अध्यक्षतामा नयाँ नेतृत्व गठन गरेको छ । उपाध्यक्षमा बलबहादुर ओख्राबु लिम्बू, सचिव सूर्यप्रसाद भट्टराई, सहसचिव गणेशबहादुर मगर र कोषाध्यक्ष मात्रिकाप्रसाद नेपाल चयन भएका छन् ।

समिति सदस्यहरुमा गुप्तिबहादुर मास्के श्रेष्ठ, दिलमाया लिम्बू श्रेष्ठ र रोमनाथ भण्डारी छानिएका छन् । परिषद्को लेखा समितिका संयोजकमा टामन सिग्देल र सदस्यद्वयमा दुर्गाप्रसाद श्रेष्ठ र खगेन्द्रप्रसाद गौतम रहेको जानकारी दिइएको छ । 

हिजो सम्पन्न परिषद् भेलाले डिल्लीरमण पौडेललाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा दुर्गाप्रसाद दाहाललाई चयन गरेको छ । जिल्ला परिषद् उद्घाटन् फुङलिङ नगरप्रमुख अमिर मादेनले गरेका थिए ।

टिप्पणीहरू