हुनेवाला प्रधानन्यायाधीशसङ्ग घोचपेच शुरु

हुनेवाला प्रधानन्यायाधीशसङ्ग घोचपेच शुरु

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की र संसदीय सुनुवाइ समितिका सांसदहरुबीच सवालजवाफ शुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उहाँले आफूमाथि उठाइएका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

उहाँमाथि सर्वसाधारणले यसअघि नै २९ वटा आरोप लगाउँदै उजुर हालेका थिए । उजुरीकर्तासँग सांसदहरुले समितिमा अस्ति छलफल गरिसकेका छन् ।

नौ महिनादेखि कायममुकायमको जिम्मेवारीमा रहनुभएका कार्कीले हिजोको बैठकमा आफ्ना भावी कार्ययोजनाको सूची प्रस्तुत गर्नुभएको थियो ।

टिप्पणीहरू