पहिरोमा पुरिएका चारजनाको उद्धार

पहिरोमा पुरिएका चारजनाको उद्धार

ताप्लेजुङमा पहिरोमा परेका चार जनाको उद्धार गरिएको छ । 

सिदिङ्वा गाउँपालिका-६ की ६३ वर्षीया भगीमाया बुढा, ३३ वर्षीया सन्ध्या बुढा क्षेत्री, ९ वर्षीय प्रज्वल बुढा क्षेत्री र ३० वर्षीय गणेश तामाङको उद्धार गरिएको हो । गएराति आएको पहिरोले भागीमायासहित सोही ठाउँका रामबहादुर तामाङको घर बगाएपछि उनीहरु बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कुशराम कार्कीका अनुसार पहिरोले सोही गाउँपालिका वडानं. ३ का महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङको समेत घर बगाएको छ । 

यता सिदिङ्वा–६ नवी भन्ज्याङस्थित डाँडाबाट पहिरो झर्दा उक्त क्षेत्रमा रहेका २० घर जोखिममा रहेको बताइएको छ । यस क्षेत्रमा केही पशु चौपाया पहिरोमा परेपनि मानवीय क्षति भने भएको छैन । 

यस्तै, पहिरोले सिदिङ्वा–४ स्थित रहेको पाँचथर र ताप्लेजुङ जोड्ने ईन्द्रावती खोलामा बनाइएको पक्की पुलको साईट बगाउँदा पूर्ण रुपमा बाटो अवरोध भएको छ ।
 

टिप्पणीहरू