राजधानीमा उत्पादित गोलभेंडा सडकमा
उत्पादनको उचित मूल्य नपाएको जनाउँदै कालीमाटीमा गोलभेंडा फालिएको छ । उनीहरुले तरकारी बजार सामुन्नेको सडकमा गोलभेंडा फ्याँकेका हुन् ।
किसानसँग आठ रुपैयाँमा किनेको गोलभेंडा राजधानीका उपभोक्ताले कम्तीमा ४० रुपैयाँ तिर्नुपर्ने अवस्था बनाएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ । कालिमाटीको सडकमा एक सयभन्दा बढी क्रेटको १० हजार किलोग्राम गोलभेंडा फालिएको बताइन्छ ।
यी सबै गोलभेंडा काठमाडौं उपत्यकामा उत्पादित हुन् ।
टिप्पणीहरू