ओली भेट्न बालकोट पुगे रेशम, जुत्ता गिफ्ट दिएकोमा धन्यवाद !
जेलबाट छुटेपछि देश दौडाहामा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।
आज विहान ओली निवास बालकोटमा दुई नेताको भेटघाट भएको हो । भेटमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।
जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकाेमा चाैधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको 'गिफ्ट'प्रति भेटेरै धन्यवाद दिएका चाैधरीलाई ओलीले जेल जीवनका बारेमा स्मरणसमेत सुनाएको बुझिएको छ ।
सबै दलका शीर्ष नेताहरुसँग पालैपालो भेटवार्ता गरिरहेका चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरेका थिए ।
टिप्पणीहरू