हर्कले पनि रोके 'आदिपुरुष' प्रदर्शन

हर्कले पनि रोके 'आदिपुरुष' प्रदर्शन

विवादास्पद दक्षिण भारतीय चलचित्र 'आदिपुरुष' धरानमा पनि निषेध गरिएको छ । धरान उपमहानगरका मेयर हर्कराज मेयरले सो चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् । आज सामाजिक सञ्जाल फेसबुकमा मेयर साम्पाङले लेखेका छन्, ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नुहोला ! जय नेपाल ।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद नहटाएसम्म महानगरभित्र अन्य हिन्दी चलचित्रको प्रदर्शनमा समेत रोक लगाएका छन् । 

त्यस्तै, पोखरा महानगरपालिकामा पनि चलचित्र प्रदर्शनमा रोक लगाइएको छ ।

टिप्पणीहरू