अविरल वर्षापछि तमोर नदीमाथिको पुल जोखिममा
अविरल वर्षापछि तमोर नदीको पक्की पुल जोखिममा परेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका र मेरिगदेन गाउँपालिका जोड्ने तमोर नदी माथिको पुल बाढी पहिरोको जोखिममा परेको छ ।
बाढीले पुलको जग चर्काइदिएपछि आवतजावत ठप्प भएको हो । सवारी साधनका साथै स्थानीय समेत आवतजावत गर्न मुस्किल भएको बताइएको छ ।
दुर्घटनामा पर्नसक्ने देखिएकाले प्रहरीले आवतजावतमा रोक लगाएको हो ।
टिप्पणीहरू