प्रधानमन्त्री सवार हेलिकोप्टर आकस्मिक अवतरण, मोर्चा घोषणामा थप विलम्ब

प्रधानमन्त्री सवार हेलिकोप्टर आकस्मिक अवतरण, मोर्चा घोषणामा थप विलम्ब

बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न संखुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १९ जनाको टोली सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । 

संखुवासभाबाट ताप्लेजुङतर्फ जाँदै गर्दा बीचमा एकाएक मौसम खराब भएपछि नेपाली सेनाको हेलिकोप्टर विराटनगर विमानस्थल अवतरण गरिएको बताइएको छ ।

यता, काठमाडौंमा ३ बजे राखिएको समाजवादी मोर्चा घोषणा कार्यक्रम प्रधानमन्त्रीको पूर्वको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रमका कारण एक घण्टा ढिलो भएको बताइएको थियो । प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेपछि ४ बजेलाई सारिएको कार्यक्रम पुनः पछाडि धकेलिने भएको छ ।

टिप्पणीहरू