बाढीले तहसनहस पारेपछि पुल मर्मतमा स्थानीय व्यस्त
ताप्लेजुङमा बाढीले सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पाँचथर र संखुवासभामा पनि बाढी र पहिरोका कारण धेरैको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका छन् । बाढीले पुलमा क्षति पुर्याएपछि ताप्लेजुङका स्थानीय आफैं दैनिकी सहज बनाउन मर्मतमा जुटेको बताइन्छ ।
अविरल वर्षापछि आएको बाढीले मैवाखोला गाउँपालिकाको २ र ५ नम्बर वडा जोड्ने खार्ते खोलाको झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीयले क्षति पुगेको झोलुङ्गे पुलमा बाँस प्रयोग गरेर आवतजावतको निम्ति प्रयास थालेका हुन् ।
टिप्पणीहरू