गर्मी बढेपछि जंगली जनावरले पनि नुहाउन थाले
यो वर्षको विश्वको उत्तरी गोलार्धका अधिकांश मुलुकमा तापक्रम बढेको छ । औसतभन्दा बढी गर्मी भएपछि जनावरले समेत पानीको खोजी गर्न थालेका छन् ।
मानिसले झैँ यी जनावरले पनि गर्मीबाट बच्न पानीको सहयोग लिएका हुन् ।
चीनको दक्षिण भेगमा यो वर्ष अन्यत्रको तुलनामा गर्मी ह्वात्तै बढेको छ । हङकङ नजिकैको सेन्जेन शहरमा रहेको वाइल्ड एनिमल पार्क (चिडियाघर) का जंगली जनावरले नजिकैको धारामा नुहाउने र पोखरी डुबुल्की मारेका छन् ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू