‘अखण्ड भारत नक्सा’ विवादसँगै नेपाली राजदूतको काठमाडौं आगमन

‘अखण्ड भारत नक्सा’ विवादसँगै नेपाली राजदूतको काठमाडौं आगमन

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा काठमाडौं आउनुभएको छ । राजदूत शर्मा आज नयाँ दिल्लीबाट काठमाडौं आइपुग्नुभएको बताइएको छ । 

उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०६ मा दिउँसो १ बजे आउनुभएको हो ।

संयोगवशः आजै सरकारले भारतको संसद भवनको भित्तामा राखिएको अखण्ड भारतको नक्साबारे यथार्थ बुझेर रिपोर्ट गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी गराउनुभएको हो । 

परराष्ट्रमन्त्री साउदले भन्नुभएको छ, ‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरागरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु केही दिनअघि सार्वजनिक भएको सो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरिएको छ । त्यस्तै, पाकिस्तान र बंगलादेशका भूभाग पनि नक्सामा समेटिएका छन् ।

टिप्पणीहरू