जीप खस्दा सुदूरपश्चिमका गृहमन्त्रीको निधन, दुई जनाको अवस्था सिकिस्त

जीप खस्दा सुदूरपश्चिमका गृहमन्त्रीको निधन, दुई जनाको अवस्था सिकिस्त

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा सिंहको निधन भएको बताइएको छ ।

दुर्घटनास्थलबाट सदरमुकाम चैनपुरतर्फ लैजाँदै गर्दा डेउरा भन्ने बजारमा मन्त्रीको निधन भएको हो । घटनास्थलबाट अढाई किलोमीटर दूरीमा रहेको पोलिक्लिनिकमा उनलाई मृत घोषणा गरिएको हो । 

दुर्घटनास्थलबाट उध्दार गरेर ल्याउँदै गर्दा बोलिरहेका मन्त्रीको पोलिक्लिनिकमा उपचारको क्रममा ज्यान गएको र अरु दुई जना घाइते सिकिस्त रहेकोे बुझिएको छ ।

धनगढीबाट बझाङ गइरहेको सवारी साधन दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहलगायत पाँच जना थिए । सडकबाट २५ मीटर तल नदी किनारमा खसेको अवस्थामा गाडी फेला परेको हो । 

मन्त्रीको टोली हिजो धनगढीबाट अन्य जिल्ला हुँदै आज बझाङ गइरहेको थियो । बझाङ पुग्नु अगावै बीच बाटोमा उनी चढेको सवारी साधन दुर्घटनाग्रस्त भएको हो ।

टिप्पणीहरू