बालेनविरुद्ध फिल्म हलका साहुहरू अदालत पुगे
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को हिन्दी फिल्म चल्न नदिने निर्णय रोक्न नेपाल चलचित्र संघले अदालत गुहारेको छ ।
भारतीय चलचित्र 'आदिपुरुष'मा जानकी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर मेयर शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने निर्णय गरेका छन् । जसविरुद्ध आज चलचित्र संघले पाटन उच्च अदालतमा रिट दायर गरेको हो ।
रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ । उक्त रिटको पेसी भोलिका लागि तोकिएको छ ।
टिप्पणीहरू