धुर्मुस–सुन्तलीलाई सरकारको छुट, सीमा स्तम्भ ठड्याउन सरकारी टोली

धुर्मुस–सुन्तलीलाई सरकारको छुट, सीमा स्तम्भ ठड्याउन सरकारी टोली

सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनबाट असुल गर्नुपर्ने अग्रिम कर छुट दिने भएको छ । हिजो बसेको क्याबिनेट बैठकले फाउन्डेसनद्वारा निर्मित एकीकृत नमूना बस्ती हस्तान्तरण गर्दा असुल्नुपर्ने कर नलिने निर्णय गरेको हो । 

फाउन्डेसनले निर्माण गरेको ‘गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’ को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा लाग्ने अग्रिम कर छुट दिने क्यबिनेटको निर्णयमा उल्लेख छ । 

त्यस्तै, क्याबिनेटले उत्तरी सिमाना तातोपानी/झाङमुस्थित सीमा स्तम्भ पुनःस्थापनाका लागि आफ्नो तर्फबाट टोली गठन गर्ने निर्णय पनि गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको सो निर्णयमा लेखिएको छ, ’नेपाल–चीन सिमानाको तातोपानी/झाङमुस्थित सीमा चिन्ह (स्तम्भ) ५३ (१) लाई यथास्थानमा संयुक्तरुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने ।’ 

क्याबिनेट बैठकले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको ओमान भ्रमण स्वीकृत गरेको छ । ओमानमा हुने आठौँ एनआरएनए मध्यपूर्व क्षेत्रको कन्फरेन्समा उपप्रधानमन्त्री खड्कालाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ ।  

क्याबिनेटले नेपाल र बेलायतबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

टिप्पणीहरू