राजावादीहरुले पूर्व राजाको जन्मदिनमा र्याली निकाल्ने

राजावादीहरुले पूर्व राजाको जन्मदिनमा र्याली निकाल्ने

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा राजावादीहरुले काठमाडौँमा र्याली निकाल्ने भएका छन् । 

राष्ट्रवादी नागरिक समाजका नामबाट असार २३ गते भोटाहिटीदेखि निर्मल निवाससम्म राजावादीहरुले जयजकार गर्दै र्याली निकाल्न लागेका हुन् । सो अवसरमा निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्रको हातमा पुष्पगुच्छा राखी जन्मदिनको शुभकामना दिने कार्यक्रम तय भएको बताइएको छ । 

भोटाहिटीमा जम्मा भई र्यालीसहित निर्मल निवास जाने कार्यकममा सहभागी हुन राजावादीहरुलाई आह्वान गरिएको छ ।

टिप्पणीहरू