भाजपा वरिष्ठ नेता र श्रीलंकाली राज्यमन्त्री स्वदेश फिर्ता
भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता आज नयाँ दिल्ली फर्केका छन् । पूर्वसांसद तथा पूर्वविदेश विभाग प्रमुख विजय जोली काठमाडौंबाट दिउँसो नयाँ दिल्ली उडेका हुन् ।
जोली नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट दिउँसो साढे १ बजे फर्किए भने श्रीमतीसहित आएका श्रीलंकन शिक्षा राज्यमन्त्री अरविन्दकुमारले श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८२ मा दिउँसो २ बजे उडान भरेका थिए ।
टिप्पणीहरू