गोरखाको सहिद लखन गाउँपालिकामा शोक बिदा
गोरखाको सहिद लखन गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गए राति भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि पालिकाले शोक बिदा दिइएको जनाएको छ ।
मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिका, वडा कार्यालय र शैक्षिक संस्थाहरुमा शोक बिदा दिइएको जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाका विद्यालयहरु पनि आज बन्द हुने गरिएको छ ।
टिप्पणीहरू