मदन भण्डारीको जन्मजयन्तीमा टिकटक प्रतियोगिता

मदन भण्डारीको जन्मजयन्तीमा टिकटक प्रतियोगिता

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा टिकटक प्रतियोगिताको आयोजना गर्न लागिएको छ । प्रेस चौतारी नेपालले भण्डारीको जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाल टिकटक प्रतियोगिता–२०८०’ को आयोजना गर्न लागिएको जनाएको छ । 

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक जनकदीप पराजुली छन् । ‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, गीत, कथा, संवाद, कविता, गजल वा अन्य रचनात्मक टिकटक बनाउन सकिने आयोजकले जनाएको छ । 

त्यस्तै, असार २१ गतेसम्म अपलोड भएका टिकटकलाई मात्र मान्यता दिइने स्पष्ट पारिएको छ । टिकटकमा मदन भण्डारी र प्रेस चौतारीको ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुनुपर्ने छ । टिकटकको लिंक प्रेस चौतारीको इमेलमा पठाउनुपर्नेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वनास्वरुप १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ । असारको अन्तिम साता काठमाडौंमा हुने कार्यक्रममा पुरस्कारसहित अवार्ड प्रदान गरिने छ ।

टिप्पणीहरू