मोबाइल दर्ता गर्ने समय असार मसान्त
भन्सार विभागले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा मोबाइल दर्ता गर्न असार मसान्तसम्मको समय दिएको छ ।
विभागले आज एक सूचना प्रकाशित गर्दै एमडीएमएस प्रणालीमा विभिन्न कारणले दर्ता नभएका मोबाइल तोकिएको राजस्व बुझाएर असार मसान्तसम्म दर्ता गर्न अनुरोध गरेको हो ।
‘आर्थिक विधेयक २०८० को दफा २४ मा भएको व्यवस्थाअनुसार २०८० जेष्ठ १५ सम्म नेपालमा पैठारी भई एमडीएमएस प्रणालीमा विभिन्न कारणले दर्ता हुन बाँकी रहेका मोबाइल फोनहरुको दर्ता प्रयोजनको लागि अनलाइन माध्यमबाट तोकिएको राजस्व बुझाउन सक्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उक्त प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई निर्दिष्ट गरिएको विवरण भरी तोकिएको राजस्व बुझाई आफुले प्रयोग गरेको मोबाइल फोन २०८० असार मसान्तसम्म दर्ता गर्नुहुन सरोकारवाला सबैलाई जानकारी गराइएको छ ।’
टिप्पणीहरू