त्रियुगामा डेढ अर्बको बजेट पारित

त्रियुगामा डेढ अर्बको बजेट पारित

त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०÷२०८१ सालको वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित भएको छ । ११ औ नगर सभाले १ अर्ब ४७ करोडको बजेट पारित गरेको बताइएको छ । 

नगर प्रमुख वसन्त बस्नेतले त्रियुगा नगरको पूर्वाधार विकासमा २ करोड र सामाजिक विकासतर्फ २ करोड ३० लाख खर्च विनियोजन गरेको जानकारी दिएका छन् । वडागत रूपमा १६ वडालाई ६० लाखका दरले अलग्गै बजेट विनियोजन गरिएको छ । 

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नति, कल्भर्ट र भवन निर्माण, पार्क निर्माणलगायत १५ योजना छन् । शिक्षा, स्वास्थ्य, टोल विकास, साहित्य, कला, भाषाका साथै आदिवासीजनजाति र मधेसी तथा पिछडा वर्गको हितका लागि पनि कार्यक्रम पारित गरिएको छ । 

त्यसैगरी महिला, बालबालिका, युवा र किशोरी, अपांग र दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमेयर महेश्वरी राईले सभाको अध्यक्षता गरेकी थिइन् ।
 

टिप्पणीहरू