काठमाडौंको बजेट साढे २५ अर्ब, शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता

काठमाडौंको बजेट साढे २५ अर्ब, शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आज नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०÷८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । जसमा कुल बजेटको ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार अर्थात् ३३.७२  चालु खर्च छुट्याइएको छ । पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार अर्थात् ६६.२८ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिइएको छ । 

महानगरले बैंक मौज्दात, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान, आन्तरिक आय, राजस्व बाँडफाँडलाई स्रोत बनाएर खर्च निर्धारण गरेको हो ।

 

महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको जानकारी दिएकी उपप्रमुख डंगोलले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख रहेको बताइन् । निःशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा एवम् जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने बताइन् । 

महानगरले सबैभन्दा धेरै शिक्षा र स्वास्थ्य क्षेत्रका लागि बजेट  विनियोजन गरेको छ ।

टिप्पणीहरू