कृषिका हाकिमसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कृषिका हाकिमसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित तत्कालीन सबइञ्जिनियर भीमबहादुर रोकाय, अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालक सुष्मा कार्कीविरुद्ध मुद्दा हालिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा कृषि विकास कार्यालय हुम्लामार्फत् व्यवसायी फलफूल नर्सरी कार्यक्रमअन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्रसँगको मिलोमतोमा उनीहरुले नर्सरी तथा टनेल निर्माण कार्यमा झुट्टा बील भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई चार लाख ३८ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत गर्न मागदाबी गरिएको आयोगले जानकारी दिएको छ ।
 

टिप्पणीहरू