अरुले बढाए, विराटनगरले घटायो

अरुले बढाए, विराटनगरले घटायो

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४८ करोड २५ लाख रुपैयाँ कम भएको बताएको छ ।

आज भएको महानगरको १२औं नगरसभामा उपप्रमुख शिल्पा कार्कीले तीन अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेकी छन् । चालु आर्थिक वर्षको निम्ति ४ अर्ब १७ करोड ९ लाख बजेट पुगेको छ ।

कुल बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड र पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार छुट्ट्याइएको छ । आर्थिक विकास क्षेत्रमा ३ करोड ९६ लाख ८१ हजार र सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार खर्च हुने जनाइएको छ ।

विराटनगरमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख बजेट राखिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख छुट्याइएको बजेटमा वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको निम्ति २ करोड ७२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

टिप्पणीहरू