बालेनविरुद्धको मुद्दा 'हेर्न नभ्याइने' मा

बालेनविरुद्धको मुद्दा 'हेर्न नभ्याइने' मा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । 

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आज न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो । 

विवादास्पद संवाद रहेको भारतीय चलचित्र 'आदिपुरुष' को प्रदर्शन रोक्ने निर्णयविरुद्ध उच्च अदालत पाटनको आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता झाले रिट हालेकी थिइन् ।

टिप्पणीहरू