मोटरसाइकल वर्कशपमा आगलागी, डेढ करोड बढीको क्षति

मोटरसाइकल वर्कशपमा आगलागी, डेढ करोड बढीको क्षति

राजधानीमा आज बिहान भएको आगलागीमा एउटा घर र चार वटा पसल खरानी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ७, शिवचोकस्थित राजेन्द्र दाहाल र लक्ष्मण आचार्यको घरको तल्लो तालमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा उक्त क्षति भएको बताइएको छ ।

जस्ता र ट्रसले बनाइएको दुई तले घरको तल्लो तलामा कलैया १ का किसन महतोले सञ्चालन गरेको विश्वकर्मा मोटरसाइकल वर्कसपमा आगलागी भएको हो । विद्युत सर्ट भएर लागेको आगो बिहान साढे ९ बजे नियन्त्रणमा आएको थियो ।

आगो निभाउन नेपाली सेनाको दुई वटा दमकल र काठमाडौं महानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो । दुई वटा पानी ट्याङ्कर, नेपाल प्रहरी र स्थानीयले आगो निभाउँदासम्म उक्त वर्कसप लगायत सँगेका अन्य तीन वटा पसल जलिसकेका थिए ।

आगलागीबाट उद्धव दुलालको पर्पल किचन होटल, लामु शेर्पाको डिके कस्मेटिक पसल र सफुद्धिनको मुमताज सिरक डसना पसलका साथै घर पूर्णरुपमा जलेर खरानी भएको प्रहरीले जनाएको छ । मानवीय क्षति नभए पनि घर र पसल गरेर डेढ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

टिप्पणीहरू