कोशी प्रदेशसभाको तेस्रो अधिवेशन बिहीबारदेखि

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन बिहीबारदेखि

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशसभाको तेस्रो अधिवेशन आगामी बिहीबारका लागि आह्वान गर्नुभएको छ ।  

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजे आह्वान गरिएकोे जानकारी दिएका छन् । 

प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशसभाको तेस्रो अधिवेशन यही असार १४ गते बिहीबार दिउँसो १ बजे कोशी प्रदेश सभाहल विराटनगरमा आह्वान गर्नुभएको छ ।’

टिप्पणीहरू