रोकिएन ग्वार्कोमा प्रदर्शन, हिजोभन्दा आज चर्को नारा

रोकिएन ग्वार्कोमा प्रदर्शन, हिजोभन्दा आज चर्को नारा

कोरियामा केही समय काम गरेर फर्केकाहरुले आज पनि राजधानीमा प्रदर्शन गरेका छन् । कोरिया रिटर्नी कामदारहरुले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा हिजोदेखि शुरु गरेको आन्दोलन आज पनि जारी राखेका हुन् ।  

कोरियाबाट फर्किएकाले पुनः रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा उत्तीर्ण गरेपनि समयमै कोरिया नपठाइएको भन्दै प्रदर्शन गर्नुपरेको बताएका छन् । उनीहरुले हिजोझैँ आजपनि दिउँसो १ बजेदेखि प्रदर्शन गरेका थिए । प्रदर्शनमा साढे तीन सयभन्दा बढीको सहभागिता थियो । 

उनीहरुले ‘हाम्रो माग पूरा गर’, ‘हाम्रो भविष्यमाथि खेलबाड बन्द गर’, ‘हाम्रो माग पूरा नभएसम्म नयाँ परीक्षा रोक’, ‘माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी छ’, ‘भिसा इस्युमा उमेर हदबन्दी बन्द गर’, ‘इपीएस रिटर्नी पासरहरुको इस्यू प्रक्रिया रोक्नुको कारण दे’ लगायत प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका हुन् ।

टिप्पणीहरू