बाढीले पुल बगाएको स्थानमा यातायात सुचारु
मेची राजमार्गको हेवा खोलामा दुईतर्फी यातायात सुचारु भएको छ । गत साता आएको बाढीले पक्की पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन सुचारु गरिएको बताइएको छ ।
पुल बगेको १० दिनपछि सवारी साधन ओहोरदोहोर गर्न थालेका छन् । सडक डिभिजन कार्यालय इलामको अग्रसरतामा डाइभर्सन बनाइएको हो ।
यसबाट यातायात सुचारुको निम्ति अस्थायी विकल्प तयार भएको डिभिजन कार्यालयका प्रमुख विदुर पोखरेलले बताए । अब बेलीब्रिजको कामलाई तीब्रता दिन थालिएको उनको भनाई छ ।
टिप्पणीहरू