न्यूयोर्कमा नेपाली राजदूतको बिदाई भेट

न्यूयोर्कमा नेपाली राजदूतको बिदाई भेट

संयुक्त राष्ट्र संघस्थित नेपालका स्थायी प्रतिनिधिले राष्ट्र संघीय महासचिवसँग बिदाई भेट गरेका छन् ।

स्थायी प्रतिनिधि अमृतबहादुर राईले राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरेससँग उहाँको कार्यालयमा पुगेर बिदाई भेट गरेको बताइएको छ ।

न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटमा नेपाल र राष्ट्र संघबीचको लामो सम्बन्ध,आपसी सहयोगलगायत विषयमा छलफल भएको छ ।

टिप्पणीहरू