पारित भएको घोषणा गरिएको बजेटमा मतविभाजन हुँदै

पारित भएको घोषणा गरिएको बजेटमा मतविभाजन हुँदै

बजेट पास गर्न प्रतिनिधिसभामा मतविभाजन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम मतदानद्वारा बजेट पारित गर्न लागिएको छ ।  

यसअघि आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । तर, एमालेका सचेतक महेश बर्तौलाले विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई विश्वास नलागेकाले मत विभाजन गर्न माग गरे । 

सभामुख देवराज घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मत विभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिनुभयो । र, अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ । 

गत जेठ १५ गते संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई आज निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

टिप्पणीहरू