कमल थापा समलिङ्गी विबाहको विपक्षमा

कमल थापा समलिङ्गी विबाहको विपक्षमा

राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको विपक्षमा उभिएका छन् ।

 सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिने निर्णय गरेको भोलिपल्ट आज सार्वजनिक प्रतिक्रिया दिँदै उनले विपक्षमा  धारणा राखेका हुन् । उनले अदालतको फैसलालाई त्रुटिपूर्ण पनि भनेका छन् । 

समलिङ्गी विवाह प्राकृतिक नियम र सामाजिक मान्यताविरुद्ध रहेकाले वैधानिकता पाउन नहुने तर्क गरेका थापाले अन्यथा पारिवारिक झमेला एवं सामाजिक बिकृति निम्तिने चिन्ता जनाएका छन् । 

 ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुष बिचको पवित्र सम्बन्ध हो,’ पूर्वमन्त्रीसमेत रहेका थापाले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’

टिप्पणीहरू