डेढ महिनादेखि लापत्ता सशस्त्रका इन्स्पेक्टर खोज्दै गृह मन्त्रालय

डेढ महिनादेखि लापत्ता सशस्त्रका इन्स्पेक्टर खोज्दै गृह मन्त्रालय

गृह मन्त्रालयले सशस्त्र प्रहरीका इन्स्पेक्टर डा.सुन्दर चापागाईलाई सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ । 

बिना जानकारी लामो समयदेखि कार्यक्षेत्रमा नगएका उनलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित सम्पर्कमा आउन मन्त्रालयले चेतावनी दिएको हो । बिदा स्वीकृत नगराई गत जेष्ठ १ गतेदेखि उनी हालसम्म पनि हाजिर हुन नआएको मन्त्रालयले जनाएको छ । 

आज सूचना प्रकाशित गर्दै मन्त्रालयले गैरहाजिर रहनुपर्ने कारणसहित सफाई पेश गर्न मौका दिएको छ । अन्यथा, सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।
 

टिप्पणीहरू