नाबालक छोरो घर नफर्किएपछि परिवारमा रुवाबासी

नाबालक छोरो घर नफर्किएपछि परिवारमा रुवाबासी

पर्वतमा घरबाट निस्केको छोरो भोलिपल्टसम्म नआएपछि परिवारमा रुवाबासी चलेको छ । हिजो मध्यान्ह घरबाट निस्केको छोरा आज मध्यान्हसम्म नफर्केको र सम्पर्कमा पनि नआएपछि रुवाबासी चलेको बताइन्छ ।

जलजला गाउँपालिका वडा नम्बर ७ का ११ वर्षीय सिमसम बराइली २४ घन्टा भइसक्दा पनि घर नफर्किएपछि परिवारमा रुवाबासी चलेको हो ।

परिवारले खोजीमा सहयोग गरिदिन अनुरोध गरेको छ । फेला पार्नेले फोन नम्बर ९८४७६११५७१ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरीलाई जानकारी गराइदिन आग्रह गरेका छन् ।

टिप्पणीहरू