उजाड मरुभूमि हरियाली र औद्योगिक क्षेत्रमा परिणत
चीनले विभिन्न क्षेत्रमा प्राप्त गरेको प्रगतिसँगै मरुभूमिमा पनि आश्चर्यजनकले विकास गरेको छ । बलौटे माटो र सुख्खाग्रस्त क्षेत्रमा अहिले कृषि र पशु विकाससँगै सौर्य उद्योगले चमत्कारिक फड्को मारेको बताइन्छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार भित्री मंगोलिया प्रान्तमा यी सबैको सामूहिक विकाससँगै कृषि विकासमा सकारात्मक योगदान पुगेको हो । यसले पर्यावरणमा सुधार र आर्थिक विकास पनि गरेको छ ।
भित्री मंगोलियाको कुबुछी मरुभूमिमा उक्त उपलब्धी हात परेको हो । सौर्य ऊर्जाको विकास, हरियाली क्षेत्रको विस्तारपछि पशुपालन सम्भव भएको हो । हरियाली बढेपछि मरुभूमिसमेत मानव बसोबासको निम्ति थप योग्य भएको बताइन्छ ।
टिप्पणीहरू