पप्पुसहित आधा दर्जन ठेकेदार कालोसूचीमा

पप्पुसहित आधा दर्जन ठेकेदार कालोसूचीमा

तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने आधा दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम सम्पन्न नगर्ने सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि डेढ वर्षसम्मका लागि कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री पप्पु कन्स्ट्रक्सन प्रालि, श्री पीवी एण्ड एस ईन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन, नौंलो सफल बिहानी निर्माण सेवा प्रालि, कालिका निर्माण सेवा, त्रिशक्ति कन्स्ट्रक्सन प्रालि, याक्थुम्हांग निर्माण सेवा प्रालि, श्री सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

टिप्पणीहरू