नारायणगढ–मुग्लिन सडक खुल्यो, जाम भने उस्तै

नारायणगढ–मुग्लिन सडक खुल्यो, जाम भने उस्तै

नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि सञ्चालनमा आएको छ । पहिरोले ठप्प भएको सडक पहिरो पन्छाउने काम सकिएपछि आज साँझबाट सुचारु भएको बताइएको छ ।

आज बिहान साढे ८ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम भएकोमा बेलुकी ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताए ।

सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । बेला–बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनले बताए ।

सडक सञ्चालनमा आएपनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
 

टिप्पणीहरू