तनहुँको व्यास नगरपालिकामा सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकामा सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाले गुरु पूर्णिमाको अवसरमा सोमबार मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक एवम् निजी शैक्षिक संस्था र अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

सूचनामा भनिएको छ, ‘२०८० असार १८ गते सोमबार व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार भोलि बिहानदेखि नै नगरपालिका परिसरमा विविध कार्यक्रम आयोजना गरेर गुरु पूर्णिमा मनाईंदै छ ।

टिप्पणीहरू