धनुषाबाट नागरिकता, भारतीय दूतावासबाट आइडी

धनुषाबाट नागरिकता, भारतीय दूतावासबाट आइडी

धनुषा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता फुत्काएका एक ब्यक्तिले भारतीय दूतावासबाटसमेत उतैको परिचयपत्र बनाएका छन् । धनुषाको भनिएका मोहम्मद नइम अन्सारीले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट उताको कार्ड बनाएका हुन् ।

२०५० वैशाख ५ गते जन्मिएका अन्सारीले धनुषाबाट १७३५११/२४९ नम्बरको नेपाली नागरिकता लिएको देखिन्छ । तर, उनैले तीन वर्षअघि भारतीय महावाणिज्य दूतावासबाट नैमुल्लाह नामको भारतीय कार्ड बनाएको पाइएको छ । 

नागरिकतामा बाबुको नाम मनिरुद्धिन अन्सारी लेखिएको छ भने भारतीय कार्डमा मनिर मियाँ । धनुषाको हरिने ५ जन्मस्थान लेखिएका उनलाई जिल्ला प्रशासन कार्यालयले खटाएको  टोलीले नेपाली नागरिकता प्रदान गरेको हो ।

यताको नागरिकता लिएर उताको परिचय बनाएका मोहम्मदको कार्ड नम्बर ४४०/२० हो । नागरिकता र परिचय पत्रमा राखिएको फोटोमा लगाइएको पोशाक पनि एउटै छ ।

टिप्पणीहरू