स्थानीय तहका कर्मचारीलाई जथाभावी भत्ता !

स्थानीय तहका कर्मचारीलाई जथाभावी भत्ता !

सन्तोष बराइली

श्रृङ्खलाबद्ध रूपमा अनियमितता भइरहेको आरोप लागेको सिरहाको लहान नगरपालिकाका कर्मचारीले जथाभावी प्रोत्सहान भत्ता बुझ्दै आएको तथ्य खुलेको छ । 

नगरपालिकाको हालैको १० औँ नगरसभा सम्पन्न गर्न नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मले २५ हजारदेखि १५ हजार रूपैयाँसम्म प्रोत्सहान भत्ता लिएको भेटिएको छ ।

नगरसभा सम्पन्न गर्ने नाममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले प्रोत्सहान भत्तास्वरूप २५ हजार १ सय, इञ्जिनियर शत्रुध्नप्रसाद चौधरीले २५ हजार १ सय, लेखा अधिकृत मायानाथ आचार्यले २५ हजार १ सय रूपैयाँ बुझेको देखिन आएको छ । 

त्यस्तै इञ्जिनियर सुशीलकुमार साह, अधिकृतद्वय रामकृष्ण महतो , रामविलास महतो, कम्प्युटर अपरेटर भगवानीलाल चौधरी, सवारी चालक शिवनारायण यादवले जनही २० हजार १ सय रूपैयाँका दरले प्रोत्सहान भत्ता बुझेका छन् ।

नगर प्रहरी इञ्चार्ज शम्भुकुमार बस्नेत, कार्यालय सहयोगीहरू ज्ञानदेव सहनी, सूर्यकुमार पौडेल, अरूणकुमार चौधरी, लालप्रसाद साह र रामशंकर महतोले जनही १५ हजार १ सयका दरले प्रोत्सहान भत्ता लिएको तथ्य खुलेको हो ।

टिप्पणीहरू