भारतीय जलस्रोत सचिव काठमाडौंमा उत्रेलगत्तै पोखरा प्रस्थान
भारतीय जलशक्ति मन्त्रालयका सचिव काठमाडौं आइपुगेका छन् । सचिव पंकज कुमार पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ बोर्ड बैठकमा भाग लिन नयाँ दिल्लीबाट आएका हुन् ।
१३ सदस्यीय टोलीको नेतृत्व गर्दै सचिव पंकज भिस्तारा एअरको उडान नम्बर युके १५५ मा दिउँसो ४ बजे आइपुगेका हुन् । बैठक भोलि र पर्सि पोखरामा हुँदैछ र ।
टोलीमा केन्द्रीय जल आयोगका अध्यक्ष कुशविन्दर भोल्भो, मन्त्रालयका सहसचिव रिचा मिश्र, विदेश मन्त्रालयका निर्देशक अमित शुक्ला, बाढी व्यवस्थापन आयोगका आयुक्त अतुल जैन, मन्त्रालयका सहसचिव सुवोध यादव छन् ।
त्यसैगरी बाढी वरिष्ठ सहआयुक्त राकेश टोटेजा, ऊर्जा मन्त्रालयका सहसचिव महम्मद अफजाल, सल्लाहकार अभिनास मिश्र, उत्तराखण्ड राज्यको सिचाइँ मन्त्रालयका सचिव हरिचन्द्र सेमवाल, गिरिशकुमार अग्रवाल, एच.एस.सेन्गार र समिरकुमार शुक्ला पनि आजै नेपाल आएका छन् ।
टोली आज साँझ बुद्ध एअरको उडानमा पोखरा गएर शनिबार बिहान साढे ७ बजे काठमाडौं फर्कने कार्यक्रम छ । सोही दिन साँझ ५ बजे भिस्तारा एअरको उडानमा भारतीय प्रतिनिधिमण्डल काठमाडौंबाट नयाँ दिल्ली फर्कने छन् ।
टिप्पणीहरू