इमान्दार नेताको घरमा बैंकमाभन्दा धेरै पैसा (भिडियो)

भारतीय प्रहरीले एक जना नेताको घरमा छापा मारेको छ । गुजरात राज्यको सुरत शहरस्थित आम आदमी पार्टीका नेताको घरमा प्रहरीले नसोचेको परिमाणमा भारतीय रुपैयाँ फेला पारेको बताइएको छ । 

भारतमा अहिले उक्त पार्टीलाई सबैभन्दा इमानदार राजनीतिक दलको रुपमा हेरिन्छ । सोही पार्टीका सबैभन्दा इमानदार नेता भनेर चिनिएका शेखर अग्रवालको घरमा प्रहरीले छापा मार्ने क्रममा अर्बौं नगद फेला पारेको हो ।

प्राप्त भिडियोमा उनको घरमा फेला पारिएको नगद गन्न प्रहरीले पाँच वटा मेशिन प्रयोग गरेको देखिन्छ । कोठामा बैंकको ढुकुटीमा भन्दा बढी पैसा थुपारिएको र नसोचेको परिमाणमा नसोचेको नेताको घरमा नगद फेला परेपछि भारतीय मिडियामा उक्त पार्टी र ती नेताको इमानदारिताबारे प्रश्न उठाइएको छ । कतिपयले भने अग्रवालले आगामी निर्वाचनको तयारी अहिल्यै गरेको आकलन गरेका छन् ।

टिप्पणीहरू