एमालेले संसद चल्न नदिएपछि सत्ता गठबन्धनको बैठक, दिउँसो सिंहदरबारमा क्याबिनेट

एमालेले संसद चल्न नदिएपछि सत्ता गठबन्धनको बैठक, दिउँसो सिंहदरबारमा क्याबिनेट

बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

बालुवाटारमा भइरहेको बैठकमा एमालेले हिजोदेखि थालेको संसद अवरोध, निस्क्रिय भएको मीटरब्याजीहरुलाई कारबाही सम्बन्धी अध्यादेशलगायत विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनअघि दिनुभएको विवादास्पद अभिव्यक्तिपछि एमाले लगायत विपक्षी दलहरुले संसदमा अवरोध पुर्याएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सहभागिता छ । त्यसैगरी सत्ता गठबन्धनमा रहेका अन्य दलका नेताहरु पनि सहभागी छन् ।

आज अपरान्ह ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

टिप्पणीहरू