प्रधानन्यायाधीश भैरहवा हुँदै दाङ प्रस्थान
प्रधानन्यायाधीश हरिकृष्ण कार्की दाङ जानुभएको छ । उहाँ दिउँसो विमानबाट भैरहवा र त्यसपछि गाडीमा दाङ प्रस्थान गर्नुभएको बताइएको छ ।
प्रधानन्यायाधीश कार्की दिउँसो १ बजे बुद्ध एअरको उडानमा भैरहवा जानुभएको हो । भैरहवा विमानस्थलमा अवतरण गरेपछि उहाँ बागमती प्रदेश ०१–००२ झ ५५४० नम्बरको सवारी साधनमा साढे १ बजे दाङ जिल्ला अदालतको लागि प्रस्थान गर्नुभएको बुझिएको छ ।
टिप्पणीहरू