भारतको समुन्द्री किनारमा भारत–जापान सैन्य अभ्यास
जापानी र भारतीय जलसेनाको सातौं अभ्यास शुरु भएको छ । जीमेक्स २३ नाम दिइएको उक्त अभ्यास हिजोदेखि भारतको उडिसा राज्यको विशाखापटनममा रहेको भारतीय जल सेनाले आयोजना गरेको बताइएको छ ।
पाँच दिनसम्म हुने उक्त अभ्यासमा भारतीय जलसेनाको आइएनएस दिल्ली, आइएनएस कामोर्ता, आइएनएस शक्तिलगायत अत्याधुनिक हतियार, जहाज र प्रविधिको प्रयोग हुने जानकारी दिइएको छ ।
यसअघिको छैठौं अभ्यास सन् २०२२ मा बंगालको खाडीमा भएको थियो ।
टिप्पणीहरू