एसईईमा २२ हजार बढीको ‘ए प्लस’, एक लाखको ‘सी प्लस’
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
जसअनुसार ३.६० देखि ४ ग्रेड (ए प्लस) ल्याउनेको संख्या २२ हजार ४६५ रहेको छ । यो ४ दशमलब ६३ हो । गत वर्ष ९ हजार ६३३ जनाले ए प्लस ल्याएका थिए । त्यस्तै, ३.२० देखि ३.६० ग्रेड (ए) ल्याउनेको संख्या ५५ हजार ६९ र २.८० देखि ३.२० ग्रेड (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ रहेको छ ।
यता, २.४० देखि २.८० (बी) ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४० (सी प्लस) ल्याउनेको संख्या १ लाख २ हजार २९३ जना छ । १.६० देखि २ ग्रेड (सी) ल्याउनेको संख्या भने ८८ हजार ४४७ जना रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार नन ग्रेडको संख्या २.८९ प्रतिशत अर्थात् १३ हजार ९९२ रहेको छ ।
गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ९६ विद्यार्थी सहभागी भएका थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक गरिएको हो । जसअनुसार सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्छन् । साथै, दुई विषयसम्म नन गे्रडिङ परे तत्काल गे्रडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ ।
बोर्डले यस पटक गत वर्षको भन्दा नतिजामा सुधार देखिएको जनाएको छ ।
टिप्पणीहरू