राष्ट्रियसभामा एमालेको निरन्तर अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमाले सांसदहरुले बैठक चल्न नदिएका हुन् । आज बैठक शुरु भएलगत्तै एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन् । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले उठेर विरोध जनाइरहे ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले आउँदो आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले राष्ट्रियसभाको अघिल्लो बैठक पनि अवरुद्ध पारेको थियो ।
राजीनामाकै माग राखेर प्रतिनिधिसभामा पनि एमालेले अवरोध गरिरहेको छ ।
टिप्पणीहरू