सिलगढीमा गमला बाड्दै स्थानीय सरकार

सिलगढीमा गमला बाड्दै स्थानीय सरकार

डोटीको दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडा कार्यालयले स्थानीयलाई गमला वितरण गरेको छ । वडा कार्यालयले प्रत्येक घरलाई दुई–दुई वटाका दरले गमला बाँडेको हो । 

जिल्लाको सदरमुकामसमेत रहेको सिलगढी बजारको सौन्दर्यीकरण गर्न गमला वितरण गरिएको वडाध्यक्ष नरेश मलासीले बताए । उक्त बजार ऐतिहासिक बजार रहेको उल्लेख गर्दै गमलाले सौन्दर्य बढाउने उनको भनाइ छ । 

त्यहाँका स्थानीयलाई झण्डै सात सय ५० गमला वितरण गरिएको वडाध्यक्षले जानकारी दिए । उनका अनुसार त्यसका लागि वडाबाट डेढ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

‘दुई–दुई वटाका दरले गमला वितरण गर्यौं । त्यसमा फुल रोपपछि बजार सुन्दर देखिन्छ । पर्यटकीय क्षेत्र बनाउनका लागि थुप्रै काम गर्नुपर्नेछ । तर, बजेटले धान्दैन् । जति सक्थ्यौं त्यति गर्यौं’, उनले भने । गमलामा फूल भने घरधनी आफैंले रोप्नुपर्ने वडाध्यक्ष मलासी बताउँछन् ।

टिप्पणीहरू